नायिका सञ्चिता लुईटेल आमा बन्ने तयारीमा रहेको खबर प्राप्त भएको छ । नायक निखिल उप्रेतीसँग बैबाहिक जीवनमा गाँसिएकी नायिका सञ्चिताको गर्भमा अहिले ६ महिनाको बच्चा रहेको बुझिएको छ । केहि महिना अघि मुम्बईबाट नेपाल आएकी यि नायिका अहिले निखिलको पुर्ख्यौली घर सर्लाहीमा छिन्।पहिलो श्रीमान् आकाश शाहसँग सम्बन्ध बिच्छेद गरेर नायक निखिलको प्रेममा लठ्ठिएकी यि नायिका करिब दुई बर्ष अघि निखिल उप्रेतीसँग बिबाह गरेर निखिलसँगै मुम्बईमा बस्दै आएकी थिईन् । मुम्बईमा काम गर्न पुगेकी सञ्चिता त्यहाँ बसेर प्रगती गर्न नसकेपनि गर्भवती भएर भने प्रगती गरेकी छिन् । मुम्बईबाट फर्केपछि केहि समय आफ्नै माईतिघरमा बसेकी सञ्चिता अहिले भने निखिलकै घरमा बस्दै आएकी छिन् । हाल चलचित्र परिचयको काममा व्यस्त नायक निखिल काठमाण्डौ फर्केपछि सञ्चिता पनि काठमाण्डौ आउने भएकी छिन् ।
सञ्चिता अहिले सर्लाही स्थित निखिलको पुर्ख्यौली घरमा परिवारलाई खाना पकाएर खुवाउनमा व्यस्त छिन् । काठमाण्डौको कोलाहलबाट टाढा रहेर गाउँघरको स्वच्छ हावापानीमा रमाउन आफू सर्लाही पुगेको सञ्चिताको भनाई छ । उनी भन्छिन्, 'काठमाण्डौ भन्दा यहिं नै रमाईलो छ ।' सञ्चिता अहिले निखिलको घरमा त बस्दै आएकी छिन् तर निखिलले भने उनलाई र उनको बच्चालाई स्विकार्ने हुन् या होईनन् त्यो भने समयले बताउने छ । किनकी निखिलले अझै पनि आफ्नी जेठी श्रीमती कोपिला र करिब दुई बर्षको छोरालाई उत्तिकै माया गर्ने गरेको बुझिएको छ ।
यता निखिलकी जेठी श्रीमती कोपिलाले भने निखिल आफ्नो बाहेक अरू कसैको हुन नसक्ने र हुन पनि नदिने बताउँदै आएकी छिन् । निखिल भने अहिले यो सम्बन्धको बारेमा केहि बोलेका छैनन् । केहि समय अघि मुम्बईबाट काठमाण्डौ आएको बेला निखिलले दुबै श्रीमतीसँग आफ्नो सम्बन्ध चिसिएको बताएका थिए । अब उनीहरूको सम्बन्ध चिसिई नै रहने हो या तातिने हो त्यो भने हेर्न बाँकी नै छ । तर निखिललाई छोटो समयमा नै दुई बच्चाको बुवा बन्न लागेकोमा भने बधाई दिनै पर्छ ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.