Friday, April 22, 2011

धमाधम हिरोइनका सिनेमा

वर्ष २०६८ लाई एक अर्थमा हिरोइनहरुको वर्ष मान्न सकिन्छ । जुन वर्षमा स्वदेशी सिनेमा उद्योगमा अभिनेत्रीहरुको बाहुल्यता हुनेछ । अभिनेत्रीले निर्माण गरेका सिनेमाहरु लगालग यो वर्ष प्रदर्शनमा आउनेछन् । अभिनयबाट निर्माणमा लगानी गरेका हिरोइनका होमप्रोडक्सनका चलचित्रले वर्ष २०६८ लाई डोर्‍याउने कुरामा वितरकहरु आशावादी छन् । विगतका वर्षमा रेखा फिल्म्सको 'ट्रेडमार्क सिन्डिकेट'लाई अन्य हिरोइनले तोड्ने बताइन्छ । हिस्सी हिरोइन ऋचा घिमिरेको होमप्रोडक्सनका तीन सिनेमा चालु वर्ष रिलिज हुनेछन् । प्रतीक्षित 'वीरताको चिनो' वैशाख ३० मा सार्वजनिक हुँदैछ । ऋचाकै अर्को प्रोजेक्ट 'तुलसी' यतिबेला सम्पादनमा छ जुन केही महिनामा रिलिज हुनेछ । ऋचाका अनुसार पछिल्लो भेन्चर 'व्रेकफेल' वर्षको अन्त्यमा रिलिज हुनेछ । एउटै हिरोइनका तीन सिनेमा चालु वर्षमा सार्वजनिक त हुनेछन् तरपनि ऋचा सामु खस्कँदो औद्योगिक मूल्य उकास्ने चुनौति पनि तेर्सिने छ । 



टाइटल शीर्षक 'साथी विना'लाई वर्षको मध्यमा ल्याउने तयारीमा छिन् झरना थापा । 

यी अभिनेत्री आफ्नो होमप्रोडक्सनको पछिल्लो प्रोजेक्ट नाम परिवर्तनसहित चाँडै रिलिज हुने बताउँछिन् । यो वर्ष घरेलु निर्माणका अन्य सिनेमालाई घोषणा गर्ने मुडमा छिन् झरना । अभिनेत्री रेजिना उप्रेतीले त वर्षको सुरुआतमै चलचित्र 'वरदान'मार्फत निर्माणमा हात हालिन् । रेजिनाको यो चलचित्र यसै वर्षमा रिलिज हुने तर्खरमा छ । आफूलाई 'गसिप गर्ल' भनेको सुन्न नरुचाउने हिरोइन रेखा थापाको होमप्रोडक्सनको चलचित्र 'अन्दाज' चाँडै रिलिज हुँदैछ । वितेको वर्ष रेखाका सिनेमाले सफलता हात पारेका थिए । चालु वर्षमा रेखालाई अन्य हिरोइनले सिनेमा निर्माण गरेर चुनौति दिएका छन् । हेरौं हिरोइनका सिनेमाले चालु वर्षलाई कसरी हाँक्छन् । 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.