महानायक राजेश हमालले बिहिबार बुद्धिसागरको उपन्यास 'कर्णाली ब्लुज' को समिक्षा गर्दै भने, 'मेरो र बुवाको दृष्टिकोण निकै फरक रह्यो । हामी दुईको रूचि मिलेन । तर तपाईंहरू भने आफ्ना पितासँग लामो समयसम्म कम्युनिकेसन ग्याप नराख्नु होला।' राजधानीको झम्सीखेलमा आयोजना भएको 'बुक फेस्ट २०११' को उदघाटनसँगै छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास 'कर्णाली ब्लुज' को समिक्षा गर्ने क्रममा उनले आफ्ना पिताको सम्बन्धको बारेमा यस्तो भनाई राखेका हुन् । आफ्नो जीवनको वास्तविक घटना सुनाउँदै हमालले प्रस्तुत पुस्तक 'कर्णाली ब्लुज' यथार्थ परक भएकाले यस माथी चलचित्र बन्नु पर्ने धारणा राखे । उनले भने, 'उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् त्यसैले यस पुस्तकमाथि चलचित्र बनाउँदा राम्रो हुन्छ ।' नेपाली साहित्यमा पहिलोपल्ट कर्णाली नदी प्रवाह क्षेत्रको जनजीवन र लेखकका पिताको संघर्षका कथालाई समेटेर आत्मकथात्मक शैलीमा लेखिएको सो पुस्तकका बारेमा केहि मिनेट बोलेपछि महानायक रेजिना उप्रेतीले निर्माण गरेको चलचित्र 'वरदान' मा अभिनय गर्न हिंडेका थिए । उनी अहिले सोही चलचित्रमा आफ्नो पुरानो जोडी करिष्मा मानन्धरसँग अभिनय गर्दैछन् ।Thursday, April 21, 2011
मेरो र बुवाको दृष्टिकोण निकै फरक रह्यो : महानायक
महानायक राजेश हमालले बिहिबार बुद्धिसागरको उपन्यास 'कर्णाली ब्लुज' को समिक्षा गर्दै भने, 'मेरो र बुवाको दृष्टिकोण निकै फरक रह्यो । हामी दुईको रूचि मिलेन । तर तपाईंहरू भने आफ्ना पितासँग लामो समयसम्म कम्युनिकेसन ग्याप नराख्नु होला।' राजधानीको झम्सीखेलमा आयोजना भएको 'बुक फेस्ट २०११' को उदघाटनसँगै छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास 'कर्णाली ब्लुज' को समिक्षा गर्ने क्रममा उनले आफ्ना पिताको सम्बन्धको बारेमा यस्तो भनाई राखेका हुन् । आफ्नो जीवनको वास्तविक घटना सुनाउँदै हमालले प्रस्तुत पुस्तक 'कर्णाली ब्लुज' यथार्थ परक भएकाले यस माथी चलचित्र बन्नु पर्ने धारणा राखे । उनले भने, 'उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् त्यसैले यस पुस्तकमाथि चलचित्र बनाउँदा राम्रो हुन्छ ।' नेपाली साहित्यमा पहिलोपल्ट कर्णाली नदी प्रवाह क्षेत्रको जनजीवन र लेखकका पिताको संघर्षका कथालाई समेटेर आत्मकथात्मक शैलीमा लेखिएको सो पुस्तकका बारेमा केहि मिनेट बोलेपछि महानायक रेजिना उप्रेतीले निर्माण गरेको चलचित्र 'वरदान' मा अभिनय गर्न हिंडेका थिए । उनी अहिले सोही चलचित्रमा आफ्नो पुरानो जोडी करिष्मा मानन्धरसँग अभिनय गर्दैछन् ।
Labels:
News
Subscribe to:
Post Comments (Atom)














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.