Wednesday, April 20, 2011

बल्ल आयो दसगजाको दिन

चलचित्र बनाउनु भन्दा चलचित्र बनाएर चलाउनु धेरै गाह्रो हुन्छ' यो भनाइ नेपाली चलचित्रका हरेक निर्माताले भन्ने गरेका छन् । निर्माताहरूलाई चलचित्र बनाउन जति गार्हो हुन्छ त्यसको दुई गुणा चलाउन गार्‍हो हुन्छ । चलचित्र बनाएर समयमा चलाउन कि पावर चाहिन्छ कि त डर धम्की देखाउन सक्नु पर्छ नत्र भने कुवाको भ्यागुतो कुवामा नै रहन्छ भने जस्तै हुन्छ ।  त्यस्तै भएको छ नायक तथा निर्माता नवल खड्कालाई ।

नवलले निर्माण गरेको चलचित्र दशगजा बल्ल बल्ल प्रर्दशनमा आउदैछ । लामो समयदेखि पालो कुरेर बसेको यो चलचित्र शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । दयाराम दाहालको निर्देशनमा आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा र भारतद्धारा देशका ... विभिन्न स्थानमा मिचिएको...
सिमानको यथार्थ कथालाई समेटेर  निर्माण गरिएको उक्त चलचित्रमा जेश हमाल, निखिल उप्रेती, नवल खड्का, रञ्जिता गुरूङ, सुभद्रा अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।



चलचित्रमा नेपाल सरकारको नेतृत्व दिल्लीबाट सन्चालन हुने, राष्ट्रमा विदेशी पुजारी राख्नुपर्ने बाध्यता, सिमा स्तम्भ मिचिएको क्षेत्रमा नेपाली मन्त्रीहरको भ्रमणमा भारतीय सिमा सुरक्षाकर्मीको अमानविय ब्यवहारलाई चित्रण गरिएको छ । त्यसैगरी चलचित्रमा नेपालीको विदेशिने बाध्यता, अमेरिका बसोबासको लागि भिसा पाएर भुटानी शरणर्थीले आफ्नो प्रेमीलाई छोड्नु परेको व्यथा, आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा, भुटानी शरणर्थीको अठार वर्षको लामो राष्ट्र फर्कने चाहाना र भारतको अवरोध, नेपाली जल जमिन र वनमा भारतको अतिक्रमणलगायतका बिषयलाई समेटिएको छ । गोल्डेन आई फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा गोबिन्द राईको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, मणि थापाको संगीत तथा बिष्णु कल्पितको छायाँकन रहेको छ । चलचित्रको आज  साँझ साढे चार बजे गोपीकृष्ण हलमा चलचित्रको प्रिमियर गरिँदै छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.