दिलिप लामो समय देखि नेपाली चलचित्र उधोगमा छन् । पारिबारिक माहोलको कारणले पनि दिलिपको मुखमा माछा मासु नपरेको हुन सक्छ किनभने उनको परिबारमा आमा, २ दिदी अनि भाइ पनि शाकाहारी छन् । दिलिप आफू शाकाहारि हुनुको कारणमा भन्छन्, 'यदि मानिस मांसाहारी भएको भए भगवानले हामीलाई पनि बाघ, भालु, बिरालो जस्तो मांसाहारी जनावर जस्तो दाह्रा बनाइ दिन्थे होला नि !' शाकाहारी हुँदा रिस राग कम हुने कुरा व्यक्त गर्दै ७० प्रतिशत व्याक्टेरियाबाट बच्न सकिने कुरा पनि व्यक्त गर्छन् रायमाझी ।
नायक रायमाझी शाकाहारी भएपनि अल्कोहल भने पिउँदै आएका थिए । सयम समयमा उनको अल्कोहल लिने बानी थियो तर यो नयाँ बर्षको शुरूवातसँगै अल्कोहल पनि लिन छोड्दैछन् । उनी भन्छन्, 'धेरै पिएँ अब पिउँन छोड्दै छु ।' अल्कोहल एउटा नशा भएकाले छोड्न गार्हो हुने बताउँदै उनी भन्छन्, 'हेरौं कहिले सम्म छोड्न सक्छु ।'
ढिलै भए पनि आफ्नो बानी सुधार्न लागेकोमा नायक रायमाझीलाई बधाई र उनका बाँकी केहि नराम्रा बानी छन् भने त्यो पनि चाँडै नै छुटोस्, हाम्रो शुभकामना !














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.