Friday, April 15, 2011

अञ्जु र मनोजलाई सम्बन्ध बिच्छेद नगर्न सुझाव

गायिका अञ्जु पन्त र गायक मनोज राजको सम्बन्ध बिच्छेद हुन लागेको कुराले अहिले नेपाली चलचित्रको बजार मात्र हैन उनीहरूका फ्यानहरूलाई पनि मज्जाले तताएको छ । बेला बेलामा ठाकठुक परिरहने यि दुईको सम्बन्धले अहिले अन्तिम रूप लिंदै छ ।

२०५८ सालमा प्रेम विवाह गरेका मनोज र अञ्जुको सम्बन्ध बिहे भएदेखि नै राम्रो नभएको कुरा बेला बेलामा सञ्चारमाध्यममा सुन्नमा आएकै हो । मनोजले रिसको झोकमा बेला बेलामा अञ्जुलाई पिट्ने गरेको र मानसिक तनाव दिन थालेकोले अञ्जुले पारपाचुकेको बाटो रोजेको बुझिएको छ । एक छोरीकी आमा समेत रहेकी गायिका पन्त अहिले मनोजलाई छोडेर माईतीघरमा बस्न गएको खबर प्राप्त भएको छ तर यि दुईको सम्बन्ध औपचारिक रूपमा बिच्छेद भने भईसकेको छैन । यसरी हेर्दा उनीहरूका फ्यान तथा शुभचिन्तकहरूले सम्बन्ध बिच्छेद भएको हेर्न नसक्ने देखिएको छ । नयाँबर्ष २०६८ को शुरूवातसंगै यि दुईको सम्बन्धमा सुधार आओस् भन्ने शुभकामना !!!

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.