नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' को फस्ट लुप सार्वजनिक गरिएको छ । नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ र नवनायक बरूण राणा भएको दुई वटा पोस्टरलाई चलचित्रका निर्देशक शुरेशदर्पण पोखरेलले आफ्नो फेसबुक मार्फत औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । निर्देशक पोखरेलले नयाँ बर्ष २०६८ को शुभारम्भ सँगै 'मिस यू' को पर्खाइमा बसेका चलचित्र प्रेमीहरूका लागि गिफ्ट स्वरूप सो पोस्टर सार्वजनिक गरेको बताए । उनले सो पोस्टर केहि समय अघि मात्र सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, 'नयाँ बर्ष २०६८ को अवसरमा स्पेशल गिफ्ट तपाईंहरूका लागि।' चलचित्रलाई जुलाई महिना तिर यूरोपमा प्रदर्शन गर्ने तयारीमा रहेका निर्देशक पोखरेलले नयाँ बर्षको आगमनसँगै चलचित्रको प्रचार प्रसारलाई पनि अगाडी बढाउने बताएका छन् । बिश्वका करिब दुई दर्जन देशमा प्रदर्शन गरेपछि मात्र सो चलचित्र नेपालमा प्रदर्शन गर्ने योजना रहेको निर्देशक पोखरेलले जानकारी दिए ।
बाबु बोगटी र किचमान चित्रकारको संगीत रहेको सो चलचित्रमा राजुबिक्रम थापा र धिरजजंग शाहको छायाँकन तथा सुरज सुब्बा 'नाल्बो' को कथा रहेको पोस्टरमा उल्लेख गरिएको छ । यसैगरी पोस्टरमा जनाईए अनुसार सो चलचित्रलाई नायक रायमाझीको साथमा उपेन्द्र कार्की, मञ्जु रायमाझी, शंकर थापा, देबु श्रेष्ठ र बिपिन गुरूङले निर्माण गरेका छन् । मलेसियाका रमणिय स्थानमा छायाँकन गरिएको सो चलचित्रलाई दिब्या एण्ड दर्पण क्रियशनले प्रस्तुत गरेको हो ।
Thursday, April 14, 2011
'मिस यू' को फस्ट लुप सार्वजनिक
Labels:
News
Subscribe to:
Post Comments (Atom)














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.