नायक तथा निर्देशक आकाश अधिकारी आफु निर्देशित सिनेमा ‘काठमान्डु’लाई आफ्नो पहिलो सिनेमा भन्न रुचाउँछन् । हालसम्म १२ वटा सिनेमाहरु निर्देशन गरिसकेका आकाश निर्देशित पहिलो सिनेमा भने 'रणभुमि' हो । हामी सँग कुराकानी गर्दै उनले भने:-‘काठमान्डु भन्दा अघिल्ला सिनेमाहरुमा मैले नयाँ प्रयोग गर्न पाएको थिइँन्, जे वर्तमान सिनेमा बजारमा चलेको थिए, त्यसलाई नै मसलाका रुपमा पस्केको थिएँ, तर काठमान्डुमा मैले नयाँ प्रयोग गरेको छु, यस हिसाबले काठमान्डुलाई म मेरो फष्ट मुभि भन्न रुचाउँछु ।’
युरोप र अमेरिकाका बिभिन्न क्षेत्रहरुका दर्शकहरुले काठमान्डुलाई रुचाएको पनि उनले बताए । नेपालको राजधानी शहर काठमान्डुको कथावस्तु समेटिएको सिनेमा 'स्काई मुभिज'को निर्माणमा बनेको हो । सिनेमा भित्र पुराना पुस्ता र युवा पुस्ताबिचको अन्तर र त्यसबाट श्रीजित समस्याहरुलाई पनि देखाउन खोजिएको छ । सिनेमा तयार हुँदा सम्म जम्मा पचासी लाख खर्च भएको आकाशले बताए ।
यसै गरि उसले - 'काठमान्डु'को अमेरिका र युरोप प्रदर्शनबाट उठेको रकमलाई अकाशले आफ्नो गृह जिल्ला नवलपरासीको चौपत्तामा ‘शहिद स्मृति सामुदायिक अस्पताल’ निमाणार्थ बुझाएका छन् ।
Friday, April 1, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.