AbroadNepali...शहरको डान्सबारको विकृति तथा नारीमाथि गरिने व्यवहारलाई मुख्य कथाबस्तु बनाएर निर्माण गर्न लागिएको चलचित्र 'भैहाल्छ नि' को छायाँकन शुरू गरिएको छ । नारी दिवसको अवसर पारी मंगलबार पोखरामा मुहुर्त गरि चलचित्रको छायाँकन पनि पोखराबाट नै शुरू गरिएको छ ।
एमएस अग्रजको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा सुमन सिंह, गरिमा पन्त, नवनायक विशाल पोखरेल, सोनिया केसी, सुनील थापालगायतको मुख्य भूमिका रहने बताईएको छ । कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रमेश पाण्डे र दिनेश अधिकारीले निर्माण गर्न लागेको चलचित्र 'भैहाल्छ नि' मा डान्सबारमा नारीमाथि हुने शोषण तथा महिलालाई लोभ-लालच देखाएर नराम्रो काममा फसाउने कु-कर्मलाई मुख्यरुपमा देखाउन खोजिएको निर्देशक अग्रजले बताए ।
लोकराज अधिकारीको गीतमा यादव गोबिन्दको संगीत रहेको गीतमा प्रमोद खरेल, रजिना रिमाल, दिपक लिम्बु, प्रविशा अधिकारी, आस्था रावत, रेनु बिष्ट, अशिम राई र रूपक चौधरीले स्वर दिएका छन् । चलचित्रमा हरि हुमागाईंको छायाँकन, दिनेश अधिकारिको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहने छ ।निर्देशक अग्रजले यसअघि मार्यो नि मायाले मार्यो निर्देशन गरेका थिए जुन चलचित्र प्रदर्शनको क्रममा छ ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.