Sunday, March 6, 2011

मुम्बई आतेजाते मै व्यस्त निरूता

AbroadNepali, Mar.22,2011...करिब दुई बर्ष अघि मुम्बई पुगेकी नायिका निरूता सिंह दुई बर्ष पछि नेपाल फर्किन र दुई चलचित्र 'द गेम' र 'मलाई मन पर्यो' मा अभिनय गरेर पुन: मुम्बई नै फर्किईन् । दुई बर्ष अघि सुटुक्क बलिउड जाँदा निरूता अब नेपाली चलचित्रमा नफर्कने हो की भन्नेहरू धेरै नै थिए ।

निरूता 'इन्टेरियर डिजाइनिङ' को कोर्ष गर्न मुम्बई गएको भएपनि उनका बारेमा सञ्चारमाध्यममा निकै टिकाटिप्पणी पनि भए । हुनपनि उनी जुन सपना बुनेर मुम्बई पुगेकी थिईन् त्यो सपना साकार हुन सकेन अर्थात उनले 'इन्टेरियर डिजाइनिङ' को कोर्ष पूरा गर्न नपाई नेपाल फर्किईन् र नेपाली चलचित्रमै अभिनय गर्न व्यस्त भईन् । केहि महिना अघि निरूता पुन: मुम्बई गईन् ।
फेरि उनी माथी शंका गरियो कतै उनी आफ्नो अधुरो सपना पुरा गर्न गएकी त हैनन् भनेर ।

मुम्बई गएको दुई महिना बित्न नपाउँदै उनी अहिले नेपाल फर्की सकेकी छिन् । आखिर उनी मुम्बई किन गईन् त ? निरूता भन्छिन्, 'मुम्बईमा भएको मेरो सामान सार्न गएकी हुँ।' मुम्बईमा आफू बस्दै आएको कोठाको एग्रिमेन्ट सकिएकोले त्यो सामान घरमा लैजान उनी मुम्बई पुगेकी रहिछन् । तर नेपाल छिटो फर्कनु पर्ने भएकोले उनले सो सामान दार्जिलिङ लैजान पाईनन् र मुम्बईमा रहेका आफन्तकोमा उनले सो सामान राखिन् र हतार हतार गरेर नेपाल आईन् ।

चलचित्र 'मलाई मन पर्यो' को बाँकी दुई गीतको छायाँकन र डबिङका लागि हतारिएर नेपाल आएकी निरूताले सो चलचित्रको काम सकिए लग्गतै पुन: मुम्बई गएर आफ्नो सामान घर लैजाने बताईन् । पटक-पटकको मुम्बई बसाइपछि त्यहाँको जीवन शैलीको राम्रो अनुभव संगालेकी निरूताले अबका दिनमा थोरै तर राम्रा चलचित्रमा अभिनय गर्ने बताईन् । उनले भनिन्, 'शुरूका दिनमा पैसाको लागी मन नपरी नपरी पनि केहि चलचित्रमा काम गरें तर अब चलचित्रको कथाबस्तु त मेकर हेरेर मात्र चलचित्रमा काम गर्छु ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.