आदिवासी जनजाति चलचित्रकर्मी संघका अध्यक्ष युवराज लामाले राम्रो कामका लागि सधैं अडान लिइरहने नेताको रूपमा भट्टराईको नाम अग्रपंक्तीमा आउने बताए । कलाकारसँग भेटेर रमाईला गफ गर्न उहाँको रूचि रहेको लामाले बताए । त्यस्तै नेपाल चलचित्र निर्माता संघका सचिव तथा लोकतान्त्रिक चलचित्रकर्मी संघका सदस्य सुरेश दर्पण पोखरेलले लोकतान्त्रिक अन्दोलनका अगुवा नेता भट्टराई को मुक्तकण्ठाले प्रशंसा गरे । उनले भने, 'किसुन जी जस्तो त्यागी नेता अब यो देशले कहिल्यै पाउन सक्दैन होला ।'
नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले भट्टराईले केहि बर्ष अघि सबैभन्दा स्वच्छ मन भएका मानिस कलाकार नै भएको हो भनेको वाणी अझै पनि आफ्नो कानमा गुञ्जिरहेको बताए । विचार, आस्था र मान्छेको सम्पूर्ण स्वतन्त्रताको ज्योतिपुञ्ज रहेका कांग्रेस नेता भट्टराईलाई यि व्यक्ति मात्र हैन चलचित्र उधोगको सारा व्यक्ति र संघसंस्थाले स्मरण गरिरहेको छ । साँचो कुरा बोल्न नडराउने किसुनजीको जीवनबाट सिक्नुपर्ने कुरा धेरै रहेको अधिकांश चलचित्रकर्मीको भनाई छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर आइतबार बिहान आठ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राखिने भएको छ । उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न चलचित्रकर्मीहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपा र दशरथ रंगशाला पुग्ने भएका छन् ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.