Friday, March 25, 2011

राजु लामा भने दंग छन्

हरेक चलचित्र एक आपसमा जुधिरहेको यो समयमा निर्माता निर्देशक राजु लामा भने दंग छन् । किनकी २०६८ साल बैसाख ९ गते रिलिज हुने चलचित्र तिम्रो घर मेरो ससुराली हाल सम्म रिलीज मिति तय गरिएको चलचित्र मध्ये एक्लो चलचित्र रहेको बुझिएको छ । खेल खेलाडी,  क्याराङग्याङ, क्याराङग्याङ २, ज्यानको वाजि जस्ता चलचित्र निर्माण गर्ने राजु लामाको यो चलचित्र चौथो चलचित्र हो । 
चलचित्रको नाम झट्ट सुन्दा कमेडि चलचित्र जस्तो लाग्छ तर यो चलचित्र कमेडि मात्र नभई एक्सनप्रधान पनि रहेको निर्देशक लामाको भनाई छ । चलचित्र बिशेषगरी बालमनोबिज्ञानमा आधारित रहेको उनको भनाई छ । चलचित्रमा अजु लामा सोनिया केसी, दिनेश शर्मा, स्व. गोपाल भूटानि आदि कलाकारले अभिनय गरेका छन्  भने संगित दिपक रमणको रहेको छ ।


करिब ४५ लाखको वजेटमा निर्मित बुद्ध र बौद्धीष्ट समाजको कथामा आधारित यो चलचित्र अहिले बनिरहेका चलचित्र भन्दा फरक कथामा बनेको र बैसाख ९ गते लाग्ने एक्लो चलचित्र भएको दाबि गर्छन निर्माता निर्देशक लामा । कुन चलचित्र कुन चलचित्रसँग जुध्ने रिलिजको २ दिन अगाडि सम्म पनि तय नहुने हाम्रो चलचित्र उधोगमा एक महिना अगाडि देखि एक्लो चलचित्र भनि प्रचार प्रसार गर्दा भनेको नपुग्ने पो हो कि ? राजु जि बिचार गरौं है ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.