Sunday, March 6, 2011

सुटिङ स्थल बन्दै मुस्ताङ

AbroadNepali, Mar.6,11सडक सुबिधा र भौतिक पुर्वाधारको विकाससँगै हिमाल पारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गीत छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ । पुरातात्विक, साँस्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त गन्तब्य बनाउन थालेका हुन् ।

सुख्खा र आकर्षक भु-वनोट भएकाले मुस्ताङमा छायांकन गर्न भारतीय चलचित्रकर्मीहरु पनि आउने गरेका छन् । मुस्ताङमा मासिक २/३ वटाका दरले चलचित्र छायांकन टोली आउने गरेका छन् । मुस्ताङको भुगोलमा गीत छायांकन गर्नेहरुको पनि कमि छैन ।
मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकेचे लगायतका स्थान छायांकनका लागि आकर्षक स्थान बनेका छन् ।उपल्लो मुस्ताङमा बिदेशी नागरिक प्रवेशका लागि गृह मन्त्रालय अन्तर्गत अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । उपल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकका साथै छायांकन गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । हालै  उपल्लो मुस्ताङमा फ्रान्स र अष्ट्रेलियाको छायांकन टोलीले बौद्ध धर्म सम्बन्धि वृत्तचित्र छायांकन गरेर फर्केको छ ।

फिस्टेल एयरको हेलीकप्टर मार्फत फागुन १६ गते बिहान त्यहाँ पुगेको टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतका ठाउँहरुमा छायांकन गरेको थियो । हिन्दु, वौद्ध, इसाई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा बृत्तचित्र  तयार पार्ने क्रममा बौद्ध धर्मको वृत्तचित्र लागी मुस्ताङ आएको टोली हेलिकप्टर मार्फत नै फर्किएको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.