नेपाली चलचित्रको निर्माण जति जति बढिरहेको छ त्यति नै रिलिज पनि बढिरहेको छ । चलचित्रहरु एक हप्तामा दुई वटा लाग्ने गरेको उदाहरण हामीले देखेका छौ । चलचित्र पुर्ण रुपमा व्यापारको लागि वनाइएको हो तर चलचित्र लाग्दा पनि एक्लै लाग्न नपाउने र एक अर्कासँग जुध्ने गरेका छन् । यस्तैमा यहि १८ गते पनि दुई चलचित्र निगरानी र मन परेपछि एक आपसमा भिड्ने भएका छन् ।
दुई चलचित्र निगरानी र मन परेपछि एक आपसमा भिड्नु कुनै नौलो कुरा त होइन तर यी चलचित्र एउटै हलवाट एकै दिनमा एउटै पर्दामा रिलिज गर्ने तयारीमा छन् । शुसिल पोखरेलले निर्माण गरेको चलचित्र 'निगरानी' क्यू सिस्टमबाट बिश्वज्योती हल लगायतका करिब एक दर्जन हलमा सार्वजनिक हुँदैछ भने यता चलचित्र 'मन परेपछि' का निर्माता दिपक रमणले भने क्यू सिस्टम तोडेर बिश्वज्योती हलमा नै लगाउन कस्सिएको बुझिएको छ ।















Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.