Wednesday, March 30, 2011

सबिरले कृषालाई रूवाए

निर्माता कृषा चौलागाईंलाई निर्देशक रामराजा दाहालले रूवाएको दुई बर्ष बित्न नपाउँदै उनलाई अर्का निर्देशक सबिर श्रेष्ठले पनि रूवाएका छन् । प्रेमी रामराजाले बिच सडककै पिटेपछि रोएकी कृषालाई सबिरले कृषालाई न पिटेका छन् नत चित्त दुख्ने गरि नै कुनै कुरा भनेका छन् र पनि कृषा भने रोईन् ।  बैशाखको दोस्रो साताबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' की निर्माता चौलागाईंलाई सोही चलचित्रलाई निर्देशन गर्न लागेका निर्देशक श्रेष्ठले रूवाएपछि उनको मन भने कत्ति पनि दुखेन । उल्टो उनी खुसी भईन् । अचम्म मान्नु पर्दैन ।

 किनकी सबिरले निर्देशन गरेको चलचित्र 'इशारा' हेरेर कृषा रोएकी हुन् । निर्माता कृषा सहित 'इशारा' का निर्माता अरूण रेग्मी, उनकी श्रीमती लगायतका आधा दर्जन आफ्ना निकटका साथीहरूलाई सबिरले आफूले निर्देशन गरेको चलचित्र देखाएका थिए । अनामनगर स्थित सफ्ट इमेजमा चलचित्र हेरिरहेकी निर्माता कृषा मात्र नभएर अरू पनि रोएका थिए । तर अरू भन्दा बढि कृषा नै रोएकी थिईन् ।
चलचित्र हेरिसकेपछि रूंदै निर्माता कृषाले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिईन् । चलचित्र हेरेर जो कोही पनि रून सक्ने कृषाले बताईन् । उनी मात्र हैन चलचित्र हेरेका सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए र उनीहरूले सबिरको प्रशंसा समेत गर्न भ्याए ।

नायिका उमा बेबी र अरूण रेग्मीले निर्माण गरेको सो चलचित्रको पहिलो शो आगामी अप्रिल महिनाको सात तारिखका दिन सिक्किममा हुँदैछ । सिक्किमको बाज्रा सिनेमा हलमा प्रदर्शन हुन लागेको सो चलचित्रको प्रिमियर शोमा सिक्किममा मुख्य मन्त्रि पवन चाम्लिङको उपस्थिती रहने निर्देशक श्रेष्ठले जानकारी दिए । साथै सो प्रिमियर शोमा निर्देशक श्रेष्ठ, नायकद्वय भुपेन चन्द र उत्तम प्रधान र नायिका तथा निर्माता उमा बेबी पनि सहभागी हुने भएका छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.