Tuesday, March 29, 2011

कि विरगती कि बिजयी !!!

म चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा हूँ । कि त विरगती प्राप्त गर्छु कि त युद्धमा बिजयि हुन्छु । माथिको यो भनाइ कुनै यद्धमा निस्कन लागेको कुनै सिपाइको नभइ यहि चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'म बिर्सुं कसरी' का निर्माता रिमेश अधिकारीको हो । यसअघि तस्विर, बिरोध, बसमा छैन यो मन जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता अधिकारी नेपाली चलचित्र उधोगको बिकाशका लागी आफू यो क्षेत्रमा लागेको बताउँछन् । उनको पछिल्लो चलचित्र 'म बिर्सुं कसरी' सँग ३ वटा चलचित्र भिड्दैछन् । यसरी तीन चलचित्रसँग आफ्नो चलचित्र भिड्न लागेको अवस्थामा हामीले निर्माता अधिकारीलाई कतै तपाईंको चलचित्र पछाडी त पर्दैन भनि प्रश्न गर्दा अधिकारीले आफ्नो चलचित्र राम्रो भए पछि जति चलचित्रसँग जुधे पनि कुनै असर नपर्ने बताए । दर्शकले राम्रो र नराम्रो चलचित्र छुट्याउन सक्ने भएकोले आफूलाई डर नभएको बताए । तर पनि चलचित्रको पछिल्लो व्यापार हेर्दा उनमा केहि डर भने जागेको छ ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.