Sunday, March 27, 2011

काठमाण्डौंमा परिचय युनिट


एक महिना देखि पोखराका बिभिन्न रमणीय स्थलहरुमा छायांकन भइरहेको नेपाली कथानक चलचित्र 'परिचय' ले आफ्नो करिब ९५ प्रतिशत छायांकन पोखरामै सकेर आईतवार काठमाण्डौ लागेको छ । चलचित्रमा एउटा गीतमात्र बाँकी भएको र सो गीतको छायांकन मुम्बईमा हुने कुरा निर्माण पक्षले  'अब्ररोड़ नेपालीलाई' बताएको छ । 

बलिउड अभिनेत्री मोनिका बेदीद्वारा अभिनित नेपाली कथानक चलचित्र भनेर प्रचार गरिएको चलचित्र 'परिचय' लामो समयदेखि मुम्बई पलायन भएका नायक निखिल उप्रेतीद्वारा अभिनित पछिल्लो चलचित्र पनि हो । थुप्रै हिन्दी सिनेमाहरुमा मुख्य सहायक निर्देशक बनेर काम गरिसकेका निर्देशक आकाश पाण्डेद्वारा निर्देशित चलचित्र परिचयमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ । चलचित्र परिचयलाई २०६८ सालको जनैपूर्णिमाको अवसरमा रिलिज गर्ने लक्ष्य राखिएको र लगत्तै अर्को नेपाली चलचित्रको निर्माणमा जुट्ने कुरा निर्माता संजय नरेन्द्रले बताए । 

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.