Saturday, March 26, 2011

कलाकारहरूको भिड पोखरामा

पर्यटकिय नगरी अझ चलचित्रको भाषामा भन्दा फिल्मी नगरी पोखरामा अहिले कलाकारहरूको भिड लागेको छ । बक्स अफिस फुटबल लिग अर्न्तगतको सेमिफाईनल खेलका लागी कलाकारहरू र पत्रकारहरूको शुक्रबार नै पोखरा आईपुगेका हुन् ।शनिबार दिउँसो दुई बजेबाट पोखरा रंगशालामा चलचित्र पत्रकार र चलचित्रका कलाकारहरू बिच सेमिफाईनल खेल हुँदैछ ।

जसका लागी कलाकारहरूको तर्फबाट राजेश हमाल, करिष्मा मानन्धर, रेखा थापा, श्रीकृष्ण श्रेष्ठ, सुमन सिंह, राजेश ढुंगाना, सुनिल थापा, राजेन्द्र खड्गी, धिरेन शाक्य, बिरेन श्रेष्ठ लगायतका करिब दुई दर्जन कलाकारहरू अहिले पोखरामा छन् । चैत्र महिनाको गर्मीसँगै पोखरा रंगशालामा उपस्थित दर्शकहरूलाई थप तताउन चर्चित कलाकारहरू मैदानमा उत्रदै छन् ।कलाकार टिमको नेतृत्व नायक धिरेन शाक्यले गरेका छन् भने पत्रकारको नेतृत्व दिपेन्द्र लामाले गरेका छन् ।
 

पत्रकारको टिममा दिपेन्द्र लामा, आरके सुवेदी, कुमार आचार्य, सुमन गैरे, सुरज पौडेल, कुवेर डंगोल, दिपक गुरूङ, भरत थापा, आरडी शृंखला, मंगलदास श्रेष्ठ, सुमन कार्की सहित केहि पोखरेली पत्रकारहरू मैदानमा उत्रदै छन् । अहिले पोखरा रंगशालामा चलचित्र पत्रकार र कलाकारहरूको खेल हेर्न दर्शकहरूको भिड लागिसकेको छ । पोखरामा हुने कलाकार र पत्रकार बिचको खेलमा पत्रकारले जिते पुन: फाईनलमा हाँस्यकलाकारसँग पत्रकारहरूको भिडन्त हुनेछ । यदि पत्रकारहरू कलाकारसँग पराजित भए काठमाण्डौको दशरथ रंगशालामा कलाकारहरू हाँस्यकलाकारहरूसँग बक्स अफिस फुटबलको उपाधीका लागी अन्तिम प्रतिस्पर्धा गर्नेछन् । फाईनल खेल चैत्र २९ गते दशरथ रंगशालामा हुने कार्यक्रम संयोजक आरके सुवेदीले जानकारी दिए ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.