चलचित्र निर्देशनमा सधै व्यस्त भइरहने निर्देशक दिपक श्रेष्ठ आफ्नो नयाँ चलचित्र वीरको छायांकनको लागि चैत्र १३ गते आइतबार दाङ जादैछन् । निर्माताहरु दाङकै भएको कारण छायांकनको प्रारम्भ पनि दाङबाट नै हुन लागेको निर्देशक श्रेष्ठले जानकारी दिए । चलचित्र वुवाआमाका निर्माता योगि र रम्भा २ जना मिलेर निर्माण गर्ने बताइएको छ । गत वर्ष वलिउमा चलचित्र वीर रिलिज भएको थियो । उक्त चलचित्रमा नायक सलमान खानले वीरको भूमिका निर्वाह गरेका थिए भने बन्दै गरेको नेपाली चलचित्र वीरमा भने वीरको भूमिकामा नयाँ नायक अमिर राज आउने भएका छन् ।चलचित्र वीरमा नायीका रेखा थापा, कल्पना शाहिले पनि अभिनय गर्दैछन् । दिपक श्रेष्ठ र रेखा थापा बिचको मनमुटाब यसै चलचित्रबाट फेरि प्रगाढ हुने भएको छ । चलचित्र वीर पछि दिपकले रेखा थापाको चलचित्र हकिकतको निर्देशन गर्दैछन् । हकिकतको भने कलाकार तय भइसकेको छैन ।
हिन्दि चलचित्र वीरका सलमान खान सम्झिरहेका नेपाली दर्शकले यो चलचित्रका वीर अमिर राजलाई कतिको याद गर्ने हुन् त्यो त भबिष्यमा पक्कै थाहा भइहाल्ने छ । सदैव नयाँ अनुहारको खोजि गर्ने निर्देशक दिपक श्रेष्ठको यो चलचित्रले सफलता पाओस् र अमिर राज पनि नेपाली चलचित्र उद्योगमा स्थापित हुन सकुन् अब्ररोड़ नेपाली यहि शुभेच्छा प्रकट गर्दछ ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.