त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'छोडि गए पाप लाग्ला' लाई केशब भट्टराईले निर्माण गरेका हुन् भने चलचित्रका निर्देशक उज्ज्वल घिमिरे हुन् । चलचित्रमा विराज भट्ट, राजवल्लभ कोईराला, ऋचा घिमिरे, संचिता लुइँटेल, हेमन्त बुढाथोकी, विष्णु सापकोटा, नागेन्द्र रिजाल प्रमुख भूमिकामा छन् भने अतिथिका रूपमा झरना थापा छिन् । चलचित्रमा कुल पाँच गीत छन्। सबै गीतमा सुरेश अधिकारीले संगीत दिएका छन्।
यसैगरी चलचित्रमा नृत्य शान्ता नेपाली र राजु शाह, द्वन्द्व हिमाल केसी, छायांकन दीपक बज्राचार्यको रहेको छ। करिब डेढ बर्ष अघि मोफसलमा प्रदर्शन भएर खासै राम्रो व्यापार गर्न नसकेको सो चलचित्र क्यू सिस्टमबाट प्रदर्शनमा आउन लागेको हो । चलचित्रलाई उपत्यका बाहिर खासै मन नपराएपनि राजधानीमा भने राम्रो व्यापार गर्न सक्ने निर्माता भट्टराईले बताए ।
गत बर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा सात विधामा र यस बर्षको नेफ्टा अवार्डमा पाँच बिधामा अवार्ड हात पार्न सफल चलचित्र 'छोडी गए पाप लाग्ला' आगामी नयाँ बर्षको अवसरमा राजधानीका हलहरूमा प्रदर्शन हुने भएको छ । बैशाखको दोस्रो साता तिर प्रदर्शन हुने भनिएको सो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार र नेफ्टा अवार्ड दुबैमा निर्देशक सहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पारेको हो ।यसैगरी चलचित्रमा नृत्य शान्ता नेपाली र राजु शाह, द्वन्द्व हिमाल केसी, छायांकन दीपक बज्राचार्यको रहेको छ। करिब डेढ बर्ष अघि मोफसलमा प्रदर्शन भएर खासै राम्रो व्यापार गर्न नसकेको सो चलचित्र क्यू सिस्टमबाट प्रदर्शनमा आउन लागेको हो । चलचित्रलाई उपत्यका बाहिर खासै मन नपराएपनि राजधानीमा भने राम्रो व्यापार गर्न सक्ने निर्माता भट्टराईले बताए ।
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.