Sunday, March 20, 2011

भुमिकामा पनि परिवर्तन


करिब १० बर्ष अगाडि चलचित्र 'हिरो' बाट आफ्नो अभिनय प्रारम्भ गरेकी  नायिका पूजना स्त्रीले हाल सम्म २५ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन् । अभिनयको प्रारम्भ पूजना प्रधानबाट गरेकी पूजनाले जय संगतमा लागेपछि आफ्नो थर परिवर्तन गरी स्त्री बनाईन । आफ्नो थर त परिबर्तन गरिन् गरिन् आफूले गर्दै आएको रोलमा पनि परिबर्तन गरेको उनको भनाई छ ।


प्रर्दशनमा  आउन लागेको चलचित्र 'श्रीमान्' मा पूजनाले विगतमा गर्दै आएको कामुक अभिनय तथा नृत्य भन्दा फरक अभिनय चलचित्र 'श्रीमान्' मा गरेको पूजनाको दाबी छ । आफूलाइ ग्ल्यामरस भूमिकामा मात्र दर्शकले देखेका र चलचित्रको रिलिज पछि पूजनाले ग्ल्यामरस भूमिका मात्र गर्न सक्छे भन्ने जुन दाग छ त्यो दाग मेटिएर जाने बताईन् ।
पूजनाले अभिनय गरेको  २५ औ चलचित्र हो 'श्रीमान्'  । २४ औ चलचित्र 'पापि मान्छे २' मा भन्दा यो चलचित्रमा फरक अभिनय रहेको उनी बताउँछिन् ।

कुनै समय कामुक नायिकाको उपाधि पाएकी पूजनाले भावुक रोल गर्न सक्दैन भनि ग्ल्यामर भूमिकामा मात्र अफर गर्नेलाई यो चलचित्रले राम्रै झापट दिने उनको भनाई छ । संख्यात्मक रुपमा फिल्म खेल्नु भन्दा पनि आफ्नो चरित्रलाई न्याय गर्ने, समाजमा स्थापित हुने खालका रोलमामा मात्र अभिनय गर्ने र नायकको नायिका भएर लभ मात्र गर्ने खालको रोल नगर्ने पूजनाले बताईन् ।

पूजनाले आगामी दिनमा कस्तो रोलमा अभिनय गर्ने हो त्यो त भविष्यले अवश्य पनि बताउने छ । तर उनको २५ औ चलचित्र श्रीमान्' पछि पनि सवै प्रकारको भूमिका मिलोस् र नामसँगै रोल पनि चेन्ज भएकोमा  पूजनालाई बधाई !

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.