निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ । चलचित्र निर्माण यूनिटले चलचित्रबाट निकै आश गरेको थियो तर सो आशा निराशामा बदलिएको छ । युवापुस्तालाई आधार मानेर निर्माण गरिएको भनिएको सो चलचित्र युवापुस्तामा मात्र सिमित रह्यो । बिशेष गरी शहरिया क्षेत्रका दर्शकलाई केन्द्रित गरि निर्माण गरिएको चलचित्र 'व्याच नं १६' ले शहरिया दर्शकको मन त जित्यो तर नेपाली चलचित्र हेर्ने अधिकांश दर्शकको मन जित्न सकेन र चलचित्र असफल हुनपुग्यो । चलचित्रको प्रचारप्रसारको अभावले चलचित्र धारापमा पर्न सक्ने कुरा केहि दिन अगाडी 'धरापमा 'व्याच नं १६' भनि समाचार सम्प्रेशण गरेको थियो र सो समाचार आज अथार्थमा परिणत भएको छ ।
चलचित्र प्रचारप्रसारको अभावले मात्र नभई कथाबस्तुको अभावले पनि चलचित्र असफल बन्न पुगेको चलचित्रकर्मीको भनाई छ । चलचित्रकर्मी मात्र नभएर दर्शकले पनि चलचित्रको मुख्य कमजोरी नै कथाबस्तु रहेको बताएका छन् ।
चलचित्र प्रचारप्रसारको अभावले मात्र नभई कथाबस्तुको अभावले पनि चलचित्र असफल बन्न पुगेको चलचित्रकर्मीको भनाई छ । चलचित्रकर्मी मात्र नभएर दर्शकले पनि चलचित्रको मुख्य कमजोरी नै कथाबस्तु रहेको बताएका छन् ।
सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रल हलमा चलचित्र 'व्याच नं १६' हेर्न पुगेका शंकर पन्तलाई कथा साधारण लागे पनि सिनेमाट्रोग्राफी भने मन परेको बताए । त्यसैगरी चलचित्रको सिनेमाटोग्राफी र दुई पात्र सुमन सिंह र अर्पण थापाको अभिनय बाहेक अन्य कुनै पक्ष त्यसको आकर्षक नरहेको बिशाल त्रिपाठीले बताए । संजय गोपाल महर्जन र मंगल महर्जनलाई चलचित्रको एक्सन मन पर्यो रे । तर उनीहरूलाई कथा भने मन परेनछ । यता प्रबिन देबकोटाको भनाई पनि यि दर्शकको जस्तै छ । उनले पनि कथा नै चलचित्रको मुख्य कमजोरी रहेको बताए । यसरी दर्शकलाई पनि चलचित्रको कथाले बाँध्न सकेन र चलचित्र ले सोचेजस्तो व्यापार गर्न सकेन । चलचित्र सार्वजनिक भएपछि बिभिन्न सञ्चारमाध्यममा चलचित्रको बारेमा निकै टिका टिप्पणी भए ।
अधिकांश सञ्चारमाध्यमले पनि चलचित्रमा धेरै कमजोरी देखिएको समाचार सम्प्रेषण गरेका छन् । घर बलियो हुन पहिला जग बलियो बनाउनु पर्छ भन्ने उखान आज चलचित्र व्याच नं १६ का लागि चरितार्थ भएको छ । त्यसैले चलचित्र भनेको एउटा सुन्दर घर जस्तै हो । घरलाई रंग रोगन गरेर बाहिरी आकर्षण दिंदैमा घर राम्रो र बलियो हुँदैन भन्ने कुरा बुझ्नु जरूरी छ । सबै चलचित्रकर्मीलाई चेतना भया !
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.