AbroadNepali, Mar.5, 2011...आगामी चैत्र २५ गते सार्वजनिक हुने भनिएको चलचित्र 'मालतीको भट्टी' अन्तत: सो दिन सार्वजनिक नहुने भएको छ । चलचित्रको वर्तमान अवस्थाको बिग्रंदो व्यापारलाई मध्यनजर गर्दै चलचित्रको रिलिज डेट केहि पछि सारिएको निर्माता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए ।चलचित्रको अबको प्रदर्शन मिती तय भईनसकेको बताउने निर्माता उदयले पहिला आफ्नो चलचित्रलाई बिदेश र नेपालमा च्यारिटी शो गरेपछि मात्र सार्वजनिक प्रदर्शन गर्ने जानकारी दिए । निर्माता उदयका अनुसार छिट्टै नै यो चलचित्रको नेपालका करिब २५ स्थानमा च्यारिटी गरिंने तयारी भईरहेको छ । यसै गरी अष्टेलिया, हङकङ र अमेरिकामा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भईरहेको निर्माता उदयले बताए ।
काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'मालतीको भट्टी' लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेको सो चलचित्रमा रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी, अयुव केसी, सुनील थापालगायतको अभिनय रहेको छ । चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनाशा राईको नृत्यनिर्देशन तथा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ भने चलचित्रको सहायक निर्देशक मोडल सुसान खड्का हुन् ।














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.